असार ३०, २०८२ सोमबार July 14, 2025

मैत्रीपूर्ण फुटबलः नेपाल र ओमान भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज (शुक्रबार) ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ ।

दोहामा हुने खेल राति १० बजे सुरु हुनेछ । बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ ।

यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी हो । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो ।

यस्तै, दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।

एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ गते कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया