असार २५, २०८२ बुधबार July 9, 2025

२९ जेठमा जिसस जुम्लाको निर्वाचन तय, कुनै दलको छैन एकल बहुमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला समन्वय समिति (जिसस) जुम्लाको निर्वाचन यही जेठ २९ गते हुने भएको छ । जिल्ला न्यायाधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिसकिने बताए ।

२४ गते भने उम्मेदवारी गर्दा र २७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने पनि जानकारी दिएका छन् । प्रमुख र उपप्रमुखसहित नौं सदस्यीय समन्वय समितिका लागि निर्वाचन हुनेछ ।

मतदान भने जिल्लाका आठ वटा स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षले गर्न पाउनेछन् । उनीहरूको सङ्ख्या १६ छ । सर्वाधिक नेपाली कांग्रेसको पाँच अध्यक्ष र दुई उपाध्यसँगै एक उपप्रमुख गरी आठ जना छन् ।

नेकपा (माओवादी केन्द्र)का दुई अध्यक्ष र चार जना उपाध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी)का एक नगरप्रमुख र एक जना उपाध्यक्ष रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

सामान्य बहुमतले समन्वय समिति गठन गर्न नौं मत चाहिन्छ । तर, कुनै दलको छैन । कांग्रेसलाई एकल रूपले समन्वय समिति गठन गर्न एक मत अभाव छ । माओवादीलाई तीन मत आवश्यक छ ।

त्यसो हुँदा कसरी समन्वय समिति गठन हुन्छ ? यसै भन्न सकिने अवस्था छैन । तर, यदि तालमेल भए कांग्रेसले समन्वय समिति प्रमुख पद लिने चर्चा छ । यसअघि २०७४ को निर्वाचनमा समन्वय प्रमुख माओवादी केन्द्रका लालबहादुर सार्की र उपप्रमुखमा काँग्रेसका कार्मा बुढा रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार