थाइल्यान्डमा फ्लु र एचआइभीको औषधीले कोरोना भाइरसको उपचार सफल भएको छ।
फ्लु र एचआइभी भाइरसको लागि बनेको औषधी दुवैको प्रयोगमा एक चिनियाँ महिलामा कोरोनाको उपचार सफल भएको थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
७१ वर्षीया वृद्धामा औषधीको प्रयोगपछिको ४८ घन्टापछि कोरोना भाइरस नेगेटिभ देखिएको मन्त्रालयले बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
उपचारमा खटेका डाक्टर क्रिंग्साक एटीपोनवानिचले सफल उपचारपछि आफूहरु खुशी भएको प्रतिक्रिया दिएका छन्।
थाइल्यान्डमा १९ जनामा कोरोनाको संक्रमण देखिएको छ। विश्वभर कोरोनाको दबाईबारे अनुसन्धान भइरहँदा थाइल्यान्डको यो उपचार कोशे ढुंगा सावित हुने अनुमान गरिएको छ।
सोमबारसमम नोबल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ६२ पुगेको छ। चीनमा मात्रै ३६१ जनाको मृत्यु भएको हो। फिलिपिन्समा एक व्यक्तिको मृत्यु भएको हो।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार कोरोनाको संक्रमण १७ हजार ३ सय ८४ जनामा देखिएको छ। जसमध्ये चीनका मात्र १७ हजार २ सय ५ बिरामी छन्।
चीनबाहेक कोरोना २६ राष्ट्रमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीलाई मध्नजर गर्दै सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया