कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

४९ प्रतिशत शेयर सर्वसाधरणलाई दिनुपर्ने माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल चेम्बर अफ कमर्शले लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत शेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने माग गरेको छ ।

राजस्व परामर्श समितिद्वारा सोमबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत शेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने बताएका हुन् ।

‘लिमिटेड कम्पनीको शेयरमा सर्वसाधारणलाई समेट्दा सर्वसाधारणलाई फाइदा पुग्नुका साथै वित्तीय सन्तुलन पनि कायम गर्न सहयोग पुग्छ’, उनले भने । संस्थापक शेयरधनी र सर्वसाधरण लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष मल्लले लिमिटेड कम्पनी खोल्दा सर्वसाधरण लगानीकर्तालाई प्राथमिकतामा राख्ने गरी नीतिगत व्यवस्था हुन सके यसबाट सेवा क्षेत्र थप व्यवस्थित हुने बताए । सेवा क्षेत्रमा सर्वसाधरणको लगानी आउन सकेमात्र यसको तरलता सिर्जना गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

धेरै विद्युत् खपत गर्ने ठूला उद्योगका लागि मात्रै सहुलियत दिने बजेटमा उल्लेखित व्यवस्था साना तथा घरेलु र कृषिजन्य उद्योगमा पनि लागू गर्नुपर्ने माग सो अवसरमा गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार