असार २५, २०८२ बुधबार July 9, 2025

एकीकृत समाजवादीले स्थानिय जनप्रतिनिधिलाई दिने प्रशिक्षण स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण स्थगित गरेको छ । समाजवादीले आफ्नोतर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेको थियो ।

एकीकृत समाजवादीका उपमहासचिव डा।गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिए ।

एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिहरुलाई आगामी ५ र ६ असारमा प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया