असार २५, २०८२ बुधबार July 9, 2025

स्पष्ट बहुमत हुँदाहुँदै पनि त्रियुगा नगर कार्यपालिकामा हार्यो काग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रियुगा नगर कार्यपालिकाको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धन विजयी भएको छ । निर्वाचनमा नेपाली कांग्रेसका सदस्यहरूले ‘फ्लोवर क्रस’ गर्दा बामगठन्धन निर्वाचित भएको हो ।

त्रियुगा नगर कार्यपालिकामा नेपाली काग्रेसको स्पष्ट बहुमत थियो । तर, निर्वातचनमा दुई मत ‘फ्लोवर क्रस’ हुँदा विपक्षी बाम गठबन्धन विजयी भएको हो । महिला, दलित, अल्पसंख्याकलाई कार्यपालिकामा निर्वाचित गराउने क्रममा कांग्रेसले ‘फ्लोवर क्रस’ गरेपछि बाम गठबन्धनको जित भएको हो । आठ जना उम्मेदवारलाई कार्यपालिका सदस्यमा निर्वाचित गर्नुपर्नेमा फ्लोवर क्रस गरेर सात जना निर्वाचित भए पनि एक जनाको बराबरी मत आएको थियो । पछि गोला प्रथाद्धारा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको छ ।

त्रियुगा नगरपालिकामा कुल ८२ मत रहेकोमा नेपाली कांग्रेसको मात्रै ४२ मत थियो भने बाम गठबन्धनको ४० मत मात्र थियो । अल्पसंख्यकबाट नेकपा एमालेका डिल्लीसेर राई र नेकपा माओवादी केन्द्रका विमल राईले ४२–४२ मत प्राप्त गरी निर्वाचित भएका छन् । यसैगरी, महिलातर्फ गीताकुमारी उप्रेती एमाले, रेणुका श्रेष्ठ एमालेले ४१–४१ मत प्राप्त गरी निर्वाचित भए ।

दलित तर्फबाट कुन्ति परियार नेकपा माओवादी केन्द्र, सुनिता गजमेर नेकपा एमालेले ४१–४१ मत प्राप्त गरी निर्वाचित भएका छन् भने कांग्रेसका बलदेव विश्वकर्मा र नेकपा माओवादी केन्द्रका प्रल्हादकुमार विश्वकर्माको ४१–४१ मत बराबरी आएपछि गोला प्रथाद्धारा कांग्रेसका बलदेव बिश्वकर्मा निर्वाचित भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ जना कार्यपालिका सदस्य मध्ये नेकपा एमालेले चार सिट, नेकपा माओवादी केन्द्रले तीन सिट र गोला प्रथाद्धारा  कांग्रेसले एक सिट हात पारेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार