असोज १५, २०८३ बिहिबार October 1, 2026

कोरोना भाइरसबाट जोगिन नेपालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अपनाएको छ : स्वास्थ्यमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नोवेल कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपालमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको काम सरकारले गरिरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री ढकालले विश्व नेपालले अपनाएको साबधानीमा विश्व स्वास्थ्य संगठनले पनि सन्तोष व्यक्त गरेको दाबी गरेका छन ।

नेपालमा एकजनामा कोरोना भाइरसको संक्रमण देखिए पनि अहिले निको भइसकेको उनले बताएका छन । कोरोना भाइरसको संक्रमणको आशंकामा १३ जनामा परीक्षण भएको तर कसैमा पनि संक्रमण नभेटिएको उनले प्रष्ट पारेका छन ।

‘रोगबाट बच्न आन्तरिक रुपमा धेरै तयारी गरेका छौं। सावधानी अपनाउनु पर्ने देखिन्छ। अस्पताल नै जानुपर्ने अवस्था नरहन सक्छ। संक्रमण भएको दुईदेखि १४ दिनसम्म अर्कोमा सर्न सक्छ। । प्रधानमन्त्रीसँग दुईवटा छलफल गरेका छौं। सरकारका तर्फबाट पूर्ण रुपमा योजना बनाएका छौं’, मन्त्री ढकालले भने ।

उनले चीनमा रहेका नेपालीलाई ल्याउने कि नल्याउने भन्ने विषय गम्भीर रहेको बताएका छन । ‘चीनमा रहेका विद्यार्थीलाई ल्याउने कि नल्याउने भन्ने गम्भीर प्रश्न छ। ल्याउँदा अरुमा नसर्ने अवस्था सिर्जना गर्नुपर्ने हुन्छ, बस्तीभन्दा टाढा राख्नुपर्ने अवस्था छ। त्यसको पहिचना भइरहेको छ। नेपाल आउन १८० जना विद्यार्थीले आवेदन दिएका छन्। त्यहाँबाट आउँदा परीक्षण गरेर संक्रमण देखियो भने चीनले पठाउँदैन। चीनमा यातायात चलेको छैन। प्लेनमा लिन जाँदा सामान्य अवस्थामा आए भने १४ दिन निगरानीमा राख्नुपर्छ’ मन्त्री ढकालले भने ।

उनले चीनबाट उद्दार गरेर ल्याइने नेपालीलाई राख्ने ठाउँको प्रबन्ध गरेको बताएका छन । ‘संक्रमण देखिएको अवस्थामा उपचार गरिन्छ। तीनवटा अस्पतालमा ४३ वटा बेड तयारी अवस्थामा राखेका छौं। अरु अस्पतालमा पनि तयारी भएको छ। पोखरा चितवन र हेटौडामा परीक्षण हुने अवस्थामा राखेका छौं। रसुवा र तातोपानी नाकालाई संभावित जोखिमका रुपमा राखेका छौं। संक्रमणकालीन रोगको उपचार गर्न तीन सय क्षमताको बेड भएको अस्पताल बनाउने सरकारको तयारी छ’, उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार