कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सा उत्पादन घट्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सागुम्बा उत्पादन घट्दो क्रममा रहेको छ। जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रका पाटनहरुमा बहुमूल्य जडीबुटी यार्सा पाइन्छ। पाँच सात वर्षपहिले पाटनमा प्रशस्त मात्रामा यार्सा पाइने र मानिसहरुले पनि त्यसैबाट जीविकोपार्जन गर्दै आएका थिए ।

केही वर्षयता भने यार्सा उत्पादन घटेको मैकोट, पेल्लाका स्थानीयवासीले बताएका छन्। मैकोटमा वीरेन्द्र बुढाले पहिलेदेखि नै स्थानीयवासीले सङ्कलन गरेका यार्सा सङ्कलन गर्दै आएका छन्। सधैँका वर्ष झँै यसपालि पनि उनी स्थानीयवासीबाट यार्सा सङ्कलनका लागि पुपाल पाटन पुगेका थिए। तर, उत्पादन साह्रै नै घटेको पाएको उनले बताए ।

८-९ वर्षअघि यही पुपाल र पुर्वाङ लगायतको पाटन क्षेत्रमा १५० किलो हाराहारीमा यार्सा सङ्कलन हुने गरेकामा यस वर्षको मौसममा जम्मा १५÷१६ किलो हाराहारी यार्सा उत्पादन तथा सङ्कलन भएको बुढाले बताए। उनका अनुसार प्रतिकिलो यार्साको मूल्य २१ लाखसम्म पर्छ। अहिलेको उत्पादनलाई हेर्ने हो भने जिल्लामा सवा तीन करोड हारहारी यार्सा सङ्कलन भएको छ ।

ऊनी आफैँले पनि अहिले तीन किलो यार्सा सङ्कलनको अनुमति लिएको बताउँदै यसको मूल्य ६५ देखि ७० लाख हुने बताए। उनका अनुसार एउटा यार्सालाई सात सयदेखि एक हजार २०० सम्म पर्ने गर्दछ। अहिले सङ्कलन गरेको यार्सालाई चाइना, हङकङ या काठमाडौँमा लगेर बिक्री गर्ने योजना रहेको पनि उनले बताए।

विगत वर्षहरुमा यार्सा धेरै भएर चाइनासम्म लग्दा पनि बिक्री नहुने गरेको स्मरण गर्दै बुढाले अहिले भने यार्सा निकै कम मात्रामा सङ्कलन भएको बताए। पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटकै समाज घर्तीले पनि यार्सा उत्पादन घटेको बताए। पाँच सात वर्षअघि यार्सा सङ्कलन गरेरै प्रतिव्यक्तिले ५० हजारदेखि सात÷आठ लाखसम्म आम्दानी गर्ने गरेका थिए। अहिले १० हजारदेखि चार÷पाँच लाखसम्म मात्र आम्दानी गर्ने गरेको उनको भनाइ छ ।

विगत वर्षमा यार्सा सङ्कलनका लागि प्रवेश शुल्क लाग्ने गरेको थियो। प्रवेश शुल्क एक हजार ५०० देखि पाँच हजारसम्म लाग्ने गरेको थियो । कोभिडका कारण गएको दुई वर्षमा यार्सा सङ्कलन नै बन्द गरिएको थियो। अहिले खुला गरिएको यार्सा सिजनमा प्रवेश निःशुल्क गरिएको थियो।

जेठको पहिलो साताबाट सुरु भई साउनको पहिलो सातासम्म चल्ने यार्सा सिजन अहिलेको वर्षमा भने जेठ पहिलो साताबाट सुरु भई अन्तिम साता सकिएको छ ।

यार्सा पाइन छोडेपछि पाटन उक्लिएका सबै गाउँ झर्ने क्रम जारी छ। पाटन क्षेत्रमा संरक्षणको अभाव, घोडा खच्चड र भेडाबाख्राको चरिचरन र जलवायु परिवर्तनका कारण यार्सा उत्पादन घट्दै गएको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकाटस्थित पृथा हिमालय माविका प्रधानाध्यापक हस्तिमान पुनले बताए।

बर्सेनि यार्सा उत्पादन घट्दै जान थालेपछि यार्सा सङ्कलन तथा बिक्रीवितरणबाटै जीवन निर्वाह गर्दै आएकाहरु समस्यामा परेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार