काठमाडौंः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६०० ले घटेर ९६ हजार ५०० मा आएको छ । छापावाला सुनअघिल्लो दिन प्रतितोला ९७ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ६०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २४५ कायम रहेको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया