असार २५, २०८२ बुधबार July 9, 2025

नेकपा एस स्थायी कमिटी बैठकः सरकारमा रहेका मन्त्री हेरफेर गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकले सरकारमा रहेका मन्त्री हेरफेर गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन गरेको छ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकले कर्णाली प्रदेशमा २० जना सदस्य मनोनयन गरेको र पार्टी विरोधी क्रियाकलाप गरेका कारण केहीलाई हटाउने निर्णय गरेको जानकारी दिनुभयो।

यसैगरी, असार १० गते पोलिट्ब्यूरोको बैठक, ११ गते केन्द्रीय कार्य समिति र १३ र १४ गते केन्द्रीय परिषद्को बैठक बस्ने निर्णय भएको उहाँले बताउनुभयो।

 ‘‘निर्वाचन समीक्षा प्रतिवेदन पार्टी अध्यक्षले प्रस्तुत गर्नुभयो। ती कुराहरु आगामी बैठकमा थप छलफल गरेर नयाँ राजनीतिक प्रतिवेदन तयार हुनेछ’’, खतिवडाले भन्नुभयो, ‘‘राष्ट्रिय हितलाई प्रतिकूल असर पर्ने गरि कुनै प्रकारको सन्धि, सम्झौता हुन नदिइने र यस विषयमा सजगता अप्नाइनेछ।’

पाँच दलीय गठबन्धनको निरन्तरताका लागि भरपूर प्रयास गर्ने विषयमा बैठकमा छलफल भएको उहाँले बताउनुभयो।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार