असार २५, २०८२ बुधबार July 9, 2025

बलियो प्रतिपक्ष हुन कुर्सी भाँच्नुपर्ने हो ? : प्रकाशमान सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बलियो प्रतिपक्ष बन्ने नाममा संसदको कुर्सी नभाँच्ने बताएका छन । राष्ट्रिय मुद्धामा कांग्रेसले निरन्तर संसदमा आवाज उठाउँदै आएकोले कमजोर प्रतिपक्ष भन्ने आरोपमा सत्यता नभएको उनले बताएका छन ।

प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसदीय व्यवस्थामा विश्वास गर्ने कांग्रेसले सरकारले चालेका गलत कदमको आवाज उठाउँदै आएको दावी गरेका छन।
विगत संविधानसभामा तत्कालिन नेकपा माओवादीले अर्थमन्त्री बजेट प्रस्तुत गर्न जाँदा अवरोध गरेको र कुर्सी भाँचेको स्मरण गर्दै भने ‘कांग्रेसले त्यो गरेन त्यसरी तुलना गरेर कांग्रेसलाई कमजोर भनेको हो कि ?’

नेता सिंहले अगाडि भने ‘होइन भने जति सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगका बारेमा जुन विधेयक आएको छ, संविधानको मर्म र भावना विपरीत छ भनेर सम्बन्धित समिति र संसदमा भनेका छौं ।’

उनले सरकारले जन चाहनाअनुसार काम गर्न नसकेको बताएका छन । ‘उहाँहरु भाषण ठूला ठूला गर्नुहुन्छ । सुशासन, भ्रष्टाचारमा जिरो टोलरेन्सको कुरा गर्नुहुन्छ,’ नेता सिंहले भने ‘खै त त्यत्रो सुनकाण्ड, वाइडबडी काण्ड, अहिले आएर एती होल्डिङ्स काण्ड आएको छ । खै त जनतालाई चित्त बुझ्दो जवाफ दिएको ?’

सरकारले नागरिकलाई संघीयताको आभास दिन नसकेको, प्रदेश र स्थानीय सरकारलाई विश्वसमा लिन नसकेको दावी उनले गरेका छन ।

पूर्वमहामन्त्री सिंहले जनतामा कांग्रेसको छवि राम्रो बन्न नसकेको भन्दै चौधौं महाधिवेशनपछि यसको अन्त्य हुने दावी गरेका छन । ‘केन्द्रदेखि बुथ लेभलसम्म अनुशासित ढंगले अगाडि बढाउनुपर्छ भन्ने हाम्रो धारणा हो । १४ औं महाधिवेशनपछि पार्टीमा विद्यमान मतभेदको अत्य हुन्छ’ उनले भने ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाली कांग्रेसकै पालामा हस्ताक्षर भएको र विशुद्ध विकासका लागि आएको योजना भएकोले त्यसलाई संसदबाट चाँडो पारित गर्नुपर्ने सिंहले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार