असार १९, २०८२ बिहिबार July 3, 2025

व्यवसायीले ३० लाख चल्ला र तीन करोड अन्डा नष्ट गरेपछि कुखुराको मासु अहिलेसम्मकै उच्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा नष्ट गरे पछि अहिले बजारमा मासुको भाउ आकासिएको छ । डेढ महिनाको बीचमा उनीहरूले ३० लाख चल्ला मारेका छन् । मारिएका ३० लाख चल्लाको मूल्य मात्र करिब १५ करोड हुन आउँछ । त्यस्तै, चल्ला कोरल्न राखिएका ४५ करोड मूल्यबराबरका करिब ३ करोड ५० लाख अन्डासमेत नष्ट गरेका छन् ।

ह्याचरी व्यवसायीले आफ्नै उद्योगमा आफैँले १० दिन हडताल गरी चल्ला र मासु उत्पादन बन्द गरेका थिए । उत्पादन लागतभन्दा सस्तोमा चल्ला बेच्न बाध्य हुनुपरेको भन्दै ह्याचरी उद्योगीले २९ मंसिरदेखि ८ पुससम्म हडताल गरेका थिए । त्यसको असर अहिले परेको छ ।

१० दिन उनीहरूले गरेको आन्दोलनका कारण अहिले कुखुराको मासुको मूल्य ४ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ । गएको डेढ महिनामा कुखुराको मासुको मूल्य ५० प्रतिशतले बढेको हो । मंसिरको अन्तिममा कुखुराको मासु प्रतिकिलो २ सय ८० रुपैयाँ थियो । त्यसैगरी, अन्डाको भाउ प्रतिगोटा १५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसको कुस्र्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु
२०८२ असार १९, बिहिबार
पोर्चुगलका पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दर्ता
२०८२ असार १९, बिहिबार
हामी सबैको लक्ष्य समृद्ध प्रदेश निर्माण : मुख्यमन्त्री लामा
२०८२ असार १९, बिहिबार
प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन
२०८२ असार १९, बिहिबार
सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री चौधरी पदमुक्त
२०८२ असार १९, बिहिबार
आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य
२०८२ असार १९, बिहिबार
विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
२०८२ असार १९, बिहिबार