कार्तिक २३, २०८३ सोमबार November 9, 2026

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३ लिंखिमका विद्यालयहरू आइतबारदेखि बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अविरल वर्षाका कारण बाढी पहिरोको जोखिम बढेपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३ लिंखिमका विद्यालयहरू आइतबारदेखि बन्द हुनेभएका छन् ।

एक मा.वि. र आठ आधारभूत गरी नौ वटा विद्यालय रहेको यहाँका विद्यार्थीहरू विद्यालय आउने वातावरण नभएपछि पालिका र वडाको निर्देशनमा बन्द गर्ने निर्णय भएको सिवा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिनुभयो ।

विद्यार्थीहरू विद्यालय आउने बाटो अवरुद्ध भएको र कतिपय ठाउँ पहिरोको जोखिम भएकाले पालिका अध्यक्षसँग समन्वय गरेर बिदाको सहमति गरिएको वडाध्यक्ष आइतराम लिम्बुले जानकारी दिनुभयो  ।

माविमा टाढादेखिका खोलामा पुल तरेर आउनु पर्छ कतिपय जोखिममा छ त्यसैले बिदा दिएको बताइएको छ ।  तमोर नदीको छेउमा रहेको सिवा बजारमा बाढी र पहिरोको जोखिम बढेपछि गाउँभरिका मान्छे विद्यालयमा आएर सुतेको गौतमले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहँदा तमोर नदीमा पानीको सतह बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया