असार २४, २०८२ मंगलबार July 8, 2025

रुसले लिसिचान्स्कमा ’विपत्तिजनक विनाश’ मच्चाइरहेको छः युक्रेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनले रुसले डोनबास क्षेत्रको पूर्वी औद्योगिक शहर लिसिचान्स्कमा भारी गोलाबारी गरिरहेको बताएको छ । सो क्षेत्र कीभको सेना र मस्कोका सेनाहरू बीच  गत हप्तादेखि  भीषण लडाइँको केन्द्र  बनेको छ।

“सेभेरोडोनेत्स्क औद्योगिक क्षेत्रमा लडाइँ र लिसिचान्स्कमा विनाशकारी विनाश,“ लुगान्स्क क्षेत्रीय गभर्नर सर्गी गैडेले सामाजिक सञ्जालमा विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन् लिसिचान्स्कले अघिल्लो दिनदेखि भारी रूसी आक्रमणबाट पीडित भएको  छ ।

र, गैडेले भने कि सोमबार दिनभर जारी रहेको “भारी गोलाबारी“ मा एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ र दस आवासीय ब्लक र एक प्रहरी चौकी ध्वस्त भएको छ।

“हामी पीडितहरूको अन्तिम संख्या निर्धारण गर्दैछौं, किनकि हिजो शहर भित्र सुरक्षित रूपमा जान लगभग असम्भव थियो,“ उनले भने।  युद्ध हुनु पूर्व करिब १ लाख जनसङ्ख्या भएको लिसिचान्स्क सेभेरोडोनेत्स्कको छेउमा छ जहाँ रुसी र युक्रेनी सेनाहरू शहरको नियन्त्रणको लागि भीषण लडाइँ लडिरहेका छन्।

 गभर्नर गैडेले सेभेरोडोनेत्स्कको एजोट केमिकल प्लान्टमा “भयङ्कर लडाइँ“ जारी रहेको बताए जहाँ सयौं नागरिकले आश्रय लिएको विश्वास गरिएको छ । उनले भने-रूसी सेनालाई जुन २६ सम्म सम्पूर्ण लुगान्स्क क्षेत्र कब्जा गर्ने जिम्मेवारी दिइएको छ तर तिनीहरूले यसलाई पाँच दिनमा  नियन्त्रण  सक्दैनन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया