असार २४, २०८२ मंगलबार July 8, 2025

मध्य मालीमा १३२ सर्वसाधारण मारिएको सरकारको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्य मालीको तीनवटा गाउँमा जम्मा १३२ जना सर्वसाधारणको मृत्यु भएको माली सरकारले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

माली अधिकारीहरूका अनुसार, डियालासागौ, डियानवेली, डेगुसागौ गाउँहरू र वरपरका ग्रामीण समुदायहरूमा जुन १८ देखि १९ जुनसम्म भएका बर्बर आक्रमणहरुमा यी सवै मारिएका ह्न् ।

विज्ञप्तिमा भनिएको छ, नरसंहारका धेरै अपराधीहरूलाई औपचारिक रूपमा पहिचान गरिएको छ, जो अमाडो कौफाको कातिबा मासिनाका लडाकूहरूको हिस्सा हुन्।

‘सरकार यी हमलाहरूको घोर भत्र्सना गर्दछ र तिनीहरूका दोषी पत्ता लगाउन र तिनीहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक सबै उपायहरू प्रयोग गर्ने वाचा गर्दछ’। सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक संकटको सामना गरिरहेको छ, विद्रोह, जिहादी आक्रमण र अन्तर–समुदायिक हिंसाले पश्चिम अफ्रिकी देशमा हजारौंको हत्या र सयौं हजारौंलाई विस्थापित गरेको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया