असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानमा भूकम्पमा परि ज्यान गुमाउनेको संख्या २८० पुग्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुगेको छ । पाक्तिकाको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर बुधबार बिहान ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महशुस गरिएको थियो । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण दर्जनौँ घर भत्किएका छन् । भूकम्पले पुर्‍याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । पछिल्लो एक दशकमा भूकम्पमा परेर अफगानिस्तानमा ७ हजार जनाको मृत्यु भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया