असार ३, २०८३ बुधबार June 17, 2026

चुरोट छोड्नेलाई ६० हजार रुपैयाँ पुरस्कार !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः धुम्रपानको दर घटाउन एउटा सहरमा पाइलट काउन्सिल योजनाको प्रस्ताव ल्याइएको छ । जसमा धुम्रपान छाड्ने व्यक्तिलाई करिब ३० हजार रुपैयाँ नगद दिने व्यवस्था छ । साथै, यो योजना अन्तर्गत गर्भवती महिलाहरूलाई दोब्बर रकम दिइनेछ।

यो योजना बेलायतको एउटा सहरमा ल्याइएको छ। किनभने त्यहाँ केही समयदेखि धुम्रपानको दर घटेको छैन। धुम्रपानको तथ्याङ्कलाई हेर्दा बेलायतको चेसायर पूर्वका गर्भवती महिलालाई पनि यो योजनामा ​​सामेल गरिएको छ ।

योजना अनुसार त्यहाँ धुम्रपान छाड्नेलाई करिब ३० हजार र गर्भवती महिलाले धुम्रपान छाडेमा करिब ६० हजार रुपैयाँ दिइनेछ । यो योजना प्रभावकारी साबित भए देशका अन्य भागमा पनि लागु हुने बताइएको छ ।

विशेष कुरा के हो भने, यदि कुनै व्यक्तिले धुम्रपान छोडेको दाबी गर्छन् भने, उसले परीक्षणबाट गुज्रनुपर्नेछ। उनीहरुले आफ्नो दाबी प्रमाणित गर्नका लागि एक्सहेल्ड कार्बन मोनोअक्साइड परीक्षण गराउनु पर्नेछ।

धुम्रपान छाड्नेलाई २० हजार र गर्भवतीलाई ४० हजार रुपैयाँ दिइनेछ । चेशायर ईस्ट काउन्सिलको रिपोर्टले बताउँछ कि त्यहाँ बलियो प्रमाण छ कि वित्तीय प्रोत्साहन योजनाहरू धुम्रपान छोड्न चाहने मानिसहरूलाई मद्दत गर्ने एक प्रभावकारी तरिका हो।

प्रतिवेदनका अनुसार दिनमा २० पटक धुम्रपान गर्ने व्यक्तिले धुम्रपानमा वार्षिक ७ लाख रुपैयाँ खर्च गर्छन् । यसबाहेक फोक्सोको क्यान्सर भएकामध्ये ७० प्रतिशत धुम्रपानसँग सम्बन्धित छन् । यसबाहेक धुम्रपानका कारण पनि धेरै रोग लाग्ने गर्दछ ।

प्रतिवेदन अनुसार यस योजनाका लागि करिब डेढ करोड रुपैयाँ पनि विनियोजन गरिएको छ । समितिले यो योजना साउनमा परिषदमा पेश गर्ने कुरा गरिरहेको छ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह
२०८३ असार ३, बुधबार
रास्वपा महाधिवेशनमा आउने पाहुनाको सम्मानमा छुट
२०८३ असार ३, बुधबार
अमेरिका–इरान सम्झौताको पूर्वसन्ध्यामा तेल ट्याङ्करहरू समुद्रमा, तनाव घट्ने संकेत
२०८३ असार ३, बुधबार
सभामुख अर्याल र बंगलादेशका राजदूतबीच भेटवार्ता
२०८३ असार ३, बुधबार
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
२०८३ असार ३, बुधबार
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
२०८३ असार ३, बुधबार
विश्वकपमा पोर्चुगलको अभियान आजदेखि, रोनाल्डोको नजर ऐतिहासिक उपाधिमा
२०८३ असार ३, बुधबार