असार २३, २०८२ सोमबार July 7, 2025

नवजात शिशुमा नोवेल कोरोना भाइरसको संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीन नवजात शिशुलाई नोवेल कोरोना भाइरसको संक्रमण भएको छ । जन्मिएको ३० घण्टाभित्रै ती शिशुमा कोरोनाको संक्रमण भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
अहिलेसम्म सबैभन्दा कम उमेरका व्यक्तिमा कोरोनाको संक्रमण भएको घटना हो यो । वुहानको स्थानीय अस्पतालमा फेब्रुअरी २ मा ती शिशु जन्मिएका हुन् । वुहानबाटै गएको डिसेम्बरमा नोवेल कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको थियो ।

शिशुकी आमाको परीक्षण गरिएको थियो सुत्केरी हुनु पूर्व । उनमा संक्रमण देखिएको थियो । तर शिशुमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन।

अहिलेसम्म सीमित बालबालिकामा मात्रै नोवेल कोरोना भाइरसको संक्रमण भएको छ । हालसम्म नोवेल कोरोना भाइरसका कारण ५६३ जनाको मृत्यु भएको छ । २८ हजार १८ जनामा संक्रमण पुष्टि भएको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले नवजात शिशुमा नोवेल कोरोनाको संक्रमण भएको जानकारी बुधबार मात्रै दिएको हो । जन्मिदा ३।२५ किलो रहेका शिशु हाल स्थिर अवस्थामा रहेको र उनलाई डाक्टरको निगरानीमा रोखिएको छ ।

चीन बाहिर २५ देशका १९१ जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चीन बाहिर अहिलेसम्म दुईजनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया