असार २५, २०८२ बुधबार July 9, 2025

ओमप्रकाश पुनसहित विप्लव समुहका चार नेताद्धारा सामूहिक राजीनामा (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्युरो सदस्य सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् ।

पूर्व पोलिटब्यूरो सदस्य तथा महाकाली इन्चार्ज ओमप्रकाश पुन, पूर्वसभासद शंकरबहादुर खड्का, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य दलबहादुर धामी र दार्चुला तथा कञ्चनपुरका पूर्वइन्चार्ज रमेश परियारले उक्त पार्टी छाडेका हुन्।

‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनीहरूले माओवादी धारालाई एकिकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामुहिक पहलमा अघि बढ्न पार्टी छाडेको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया