कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

थप तीन हजार मेट्रिक टन युरिया नेपाल आइपुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ६० हजार बोरा (तीन हजार मेट्रिक टन) युरिया मल ल्याएको छ । भारतको कोलकाता बन्दरगाह हुँदै ५० हजार बोरा वीरगञ्ज र १० हजार बोरा विराटनगर आइपुगेको साल्टट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश झाले जानकारी दिनुभयो ।

२२ हजार मेट्रिक टन युरिया भारतको कोलकाता बन्दरगाहमा आइपुगेकोमध्ये तीन हजार मेट्रिक टन मल बिहीबार बिहान नेपाल भित्रिएको हो । बाँकी मल आउने क्रममा रहेको उहाँले बताउनुभयो । जेठ २७ गते साल्ट ट्रेडिङले नै २० हजार मेट्रिक टन डीएपी मल ल्याएर बिक्री वितरण गरिरहेको छ ।

वर्षे धान रोपाइँका लागि मलको अभाव नहोस् भनी कृषि तथा पशुपन्छी मन्त्रालय त्यसको व्यवस्थापनमा लागेको छ । भारतसँग गरिएको जीटुजीको माध्यमबाट आउने मलका लागि कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारी भारतको मुम्बई पुगेका छन् । मलको दररेटमा सम्झौता गर्न उहाँहरू भारत जानुभएको हो । सम्झौता गरेर आएपछि भारतबाट मल आउन सुरु हुने कृषि मन्त्रालयले जनाएको छ ।

नेपालमा वर्षे धानका लागि कम्तीमा एक लाख ५० हजारदेखि ७० हजार मल खपत हुन्छ । कृषि सामाग्री कम्पनी लिमिटेडले खरिद गर्नेमध्ये ३० हजार मेट्रिक टन युरिया असारको दोस्रो हप्ता, २० हजार मेट्रिक टन डीएपी असारको तेस्रो हप्तादेखि र २० हजार मेट्रिक टन डीएपी असार अन्तिम हप्ता तथा भारतबाट जीटुजी (सरकारदेखि सरकार) माध्यमबाट खरिद हुने ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी असार मसान्तसम्म नेपाल आइपुग्ने कृषि मन्त्रालयले जनाएको छ ।

भारतसहित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको मिलाएर एक लाख १० हजार मेट्रिक टन डीएपी र ८२ हजार मेट्रिक टन युरिया वर्षे धानखेतीका लागि नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले दाबी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार