असार २४, २०८२ मंगलबार July 8, 2025

कोलम्बियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा नयाँ परराष्ट्रमन्त्री प्रस्तावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति गुस्ताभो पेट्रोले शनिबार अब गठन हुने मन्त्रिपरिषद्का लागि अल्भारो लेभा डुरानलाई विदेशमन्त्री प्रस्ताव गरेका छन्। अगस्टमा पेट्रोले पदभार ग्रहण गर्नेछन् ।

“अल्भारो लेभा डुरान हाम्रो विदेश मन्त्री हुनेछन्। यो शान्तिका निम्ति चान्सलर हुनेछ,” पेट्रोले ट्वीटमा उल्लेख गरेका छन् । उनले  कोलम्बियाले जलवायु सङ्कटलाई परास्त गर्न र स्थानीय हिंसा अन्त्य गर्न आफ्नो प्रयास केन्द्रित गर्ने पनि बताएका छन् ।

नवनिर्वाचित ७९ वर्षीया लेभा डुरानले कन्जरभेटिभ पार्टीका काङ्ग्रेस सदस्यका रूपमा खानी र ऊर्जा मन्त्रीको भूमिकामा काम गरिसकेका छन्।  त्यस्तै देशको शान्ति प्रक्रियामा मध्यस्थकर्ताका साथै  अन्य विभिन्न भूमिकामा काम गरिसकेका छन् ।

उनले कोलम्बियाली सरकार र कोलम्बियाको रिभोलुसनरी आर्म्ड फोर्स अफ कोलम्बियाको भूतपूर्व छापामार आन्दोलन २०१६ मा हस्ताक्षर गरेको शान्ति सम्झौता भित्र सृजना गरिएको शान्तिको लागि विशेष अधिकार क्षेत्रको न्याय मोडेल निर्माण गर्न प्रमुख भूमिका खेलेका थिए।

त्यस्ते लेभा डुरान बाहेक, पेट्रोले समानता मन्त्रालय सृजना गर्न आफ्ना उपाध्यक्ष फ्रान्सिया मार्केजलाई नियुक्त गरेका छन् । रासस/एएनआइ/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया