असार २४, २०८२ मंगलबार July 8, 2025

चीनले २९ लडाकु विमान ताइवानको वायुरक्षा क्षेत्रमा पठायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ । ती विमानहरू मध्ये १७ वटा लडाकु विमान, ६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमानहरू दक्षिणपश्चिम क्षेत्रबाट मङ्गलबार टापुको वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको द स्टार अखबारले रक्षामन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।

यसअघि शुक्रबार अमेरिकी नौसेना पी – ८ ए  पोसेइडोन टोही विमान ताइवान स्ट्रेटमाथि उडेको थियो।

ताइवान स्ट्रेटमा अमेरिकी निगरानी विमानको उडान “स्वतन्त्र र खुला इन्डो-प्यासिफिकको लागि अमेरिकाको प्रतिबद्धता” को प्रदर्शनको रूपमा बुझ्ने गरिन्छ ।

ताइवानको विषयमा चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई कडा पार्ने प्रयास गरिरहेको छ भने अमेरिकाले पनि यस विषयलाई अत्यन्तै महत्त्वपूर्ण रणनीतिक चासोकाका साथ अध्ययन गरिरहेको छ ।  रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया