असार २४, २०८२ मंगलबार July 8, 2025

साउदीका युवराज र इराकका प्रधानमन्त्रीबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साउदी अरबका युवराज मोहम्मद बीन सल्मान अल साउद र इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमीका बीचमा भेटवार्ता भएको छ ।

दुई देशको सम्बन्ध तथा आपसी सहकार्यका बारेमा उहाँहरुले आइतबार छलफल गर्नु भएको अधिकारीहरुले जनाएका छन् । साउदी अरबको भ्रमणमा रहनु भएका काधिमीले साउदीका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री समेत रहनु भएका युवराज सल्मानसँग सुरक्षा सहयोग र सहकार्यका बारेमा पनि कुरा गर्नु भएको जनाइएको छ ।

उहाँहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा छलफल गर्नु भएको दुवै देशका अधिकारीहरुले बताएका छन् । त्यसैगरी क्षेत्रीय सुरक्षा तथा स्थायीत्वका बारेमा दुवै जनाले विचार आदान प्रदान गर्नु भएको थियो ।

इराकी प्रधानमन्त्री काधिमी गत शनिबार साउदी आउनु भएको हो । आइतबार नै साउदी अरबको भ्रमण सकेर उहाँ इरान जानु भएको छ ।रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया