असार २५, २०८२ बुधबार July 9, 2025

बामदेव गौतमले आजै नयाँ राजनीतिक दलको घोषणा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमाले छाडेर नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानमा लागेका बामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गर्ने भएका छन् ।

गौतमले आज दिउँसो ३ बजे नयाँ दल घोषणा गर्न लागेका हुन् । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर घोषणा गरिने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

एमाले उपाध्यक्ष समेत भइसकेका गौतम नेकपा विभाजन पश्चात् छुट्टै पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया