असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तानका भूकम्प पीडितलाई चीनको सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ। चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो। चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री सोमबार नै अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ।

पहिलो खेपमा प्राप्त  सामग्रीमा त्रिपाल, लत्ताकपडा, खाद्यान्न तथा औषधि छन्। अफगानिस्तानका लागि चीनका राजदूत वाङ युले राहत सामग्री तालिबान सरकारका प्रकोप व्यवस्थापनसम्बन्धी कार्यबाहकमन्त्री गुलाम घवासलाई हस्तान्तरण गरेका हुन्।

काबुल विमानस्थलमा नै एक कार्यक्रमको आयोजना गरेर ती सामग्रीहरु हस्तान्तरण गरिएको हो। त्यस अवसरमा राजदूत वाङले अफगानिस्तानलाई पाँच करोड युआन उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी पनि दिएका थिए। राजदूत वाङले घोषित सहयोगबाट नै राहत सामग्रीको पहिलो खेप प्रदान गरिएको उनले बताए।

यही असार ८ गतेको शक्तिशाली भूकम्पमा परी एक हजार एकसय पचासभन्दा बढीको ज्यान गएको र दुई हजारभन्दा बढी घाइते भएका बताइएको छ। अफगान भूकम्प पीडितलाई छिमेकी पाकिस्तान, भारत, युरोपेली सङ्घमा आवद्ध देशका साथै अन्य एशियाली मुलुकले पनि सहयोग गरिरहेका छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया