असार २४, २०८२ मंगलबार July 8, 2025

सान एन्टोनियोमा निसास्सिएर छयालीस आप्रवासीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टेक्सास राज्यको सान एन्टोनियोमा निसास्सिएर ४६ जना आप्रवासीको मृत्यु भएको छ भने गम्भीररूपमा बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ । यद्यपि उनीहरूको मृत्यु निसास्सिएर भएको पुष्टि भएको छैन ।

मेक्सिकोका आप्रवासी ट्रकमा निसास्सिएर मरेका अमेरिकी अधिकारीहरूले बताएका छन् । उक्त ट्रक शहरको दक्षिणपश्चिममा रहेको रेलमार्ग नजिक भेटिएको हो ।

आद्र्रतायुक्त उच्च तापक्रमका कारण उनीहरूलाई श्वासप्रश्वासमा समस्या भएको अनुमान गरिएको छ । सोमबार सान एन्टोनियोको तापक्रम ३९.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सोमबार साँझ घटनास्थलबाट सहायताका निम्ति आग्रह भएपछि सुरक्षा अधिकारी परिचालन गरिएको सान एन्टोनियोका प्रहरी प्रमुख बिल म्याकमासले बताएका छन् ।

उनले मृतकहरू मेक्सीकोका नागरिक भएनभएको यकिन नभएको जनाएका छन् । सान एन्टोनियोका नगर प्रमुख रोन निरेनवर्गले घटनालाई ‘भयानक मानवीय त्रासदी’ भनेका छन् ।

गम्भीररूपमा बिरामी भएकामा १२ जना वयस्क र चारजना बालबालिका छन् । सुरक्षा अधिकारीहरूका अनुसार उद्धार गर्दा उनीहरूको शरीर ज्यादै तातो थियो ।

ट्रकको ढोका अलिकति मात्र खुला रहेको र भित्र जाँदा लाश मात्र देखिएको पनि उनीहरूले जनाएका छन् । मेक्सिकोको विदेश मन्त्रालयका अधिकारी घटनास्थलतर्फ प्रस्थान गरेका बताइएको छ ।

टेक्सासका गभर्नर ग्रेग एबोटले राष्ट्रपति बाइडेनको घातक खुला सीमा नीतिका कारण उक्त घटना भएको ट्वीटरमा टिप्पणी गरेका छन् । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया