कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

नेप्से परिसूचक ११.८२ अङ्ककाे गिरावट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः शेयर बजार मापक नेप्से परिसूचक मङ्गलबार पनि गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार उच्च अङ्कले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ११.८२ अङ्कले गिरावट आएर १९२१.३१ बिन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अङ्कले घटेको छ । कारोबारमा आएका २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर एक अर्ब पाँच करोड ८२ लाख २४ हजार ४७२ रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

सोमबारको तुलनामा मङ्गलबार नेप्सेसँगै कारोवार रकमसमेत गिरावट आएको छ । सोमबार दुई अर्ब चार करोड ४८ लाख ३१ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको सूचक वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको सूचक गिरावट भएको छ ।

जसमा जीवन बीमा १.०३ प्रतिशत र वाणिज्य बैंकको सूचकमा ०.०२ प्रतिशतले वृद्धि भएको छ । बाँकी ११ वटा उपसमूहको सूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि सीवाईसी लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बाँकी सबै कम्पनीहरुका शेयरधनीले शेयर मूल्य गुमाएका छन् । कारोबारको आधारमा सर्वाधिक कारोबारमा एशियन लाइफ इन्स्योरेन्सले गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार