असार २६, २०८२ बिहिबार July 10, 2025

साझा पार्टीका १३ नेता पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गरिरहेका साझा पार्टीका १३ नेता कार्यकर्तालाई पक्राउ गरेको छ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानका लागि धन्यवाद दिन र केही व्यक्तिलाई उन्मुक्ति दिइएकोमा ध्यानाकर्षण गराउनका लागि फूलको गमलासहित पुगेका साझा पार्टीका पाँच केन्द्रीय सदस्यसहित १३ नेतालाई प्रहरीले पक्राउ गरेको हो।

‘हामीले बालुवाटार जग्गा प्रकरणका विषयमा अख्तियार गरेको अनुसन्धानका लागि प्रमुख आयुक्तलाई नै भेटेर धन्यावाद दिन र केहीले उन्मुक्ति पाएको विषयमा ध्यानाकर्षण गराउनका लागि गएका थियौँ’, पक्राउ परेका केन्द्रीय सदस्य शरदराज पाठकले भने, ‘उहाँहरुले भेटन चाहनुभएन। त्यसपछि हामीले झण्डै १० मिनेटजति प्रदर्शनगरेपछि प्रहरीले पक्राउ ग¥यो।’

उनले प्रमुख आयुक्तले भेट नदिएपछि निषेधित क्षेत्रभन्दा बाहिरबाट आफूहरुले प्रदर्शन गरेको र प्रदर्शनकै क्रममा प्रहरीले पक्राउ गरेको बताएका छन।

पक्राउ पर्नेमा साझा पार्टीका केन्द्रीय सदस्यहरु समीक्षा बाँस्कोटा, चन्द्र पुरी, नारायण कोइराला, शरदराज पाठक, अब्दुस मिया लगायतका रहेको पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी दिएका छन ।

पक्राउ परेका सबैलाई महेन्द्र पुलिस क्लबमा राखिएको पाठकले बताएका छन। ‘हामीलाई पुलिस क्लबभित्रको चौरमा राखिएको छ’, उनले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा कांग्रेसका उपसभामुख विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गरेको थियो। अख्तियारले सो जग्गा प्रकरणमा मुछिएका सत्तारुढ नेकपाका नेताहरु माधव नेपाल, विष्णु पौडेल लगायतका नेताहरुलाई उन्मुक्ति दिन खोजेको भन्दै साँझा पार्टीले विरोध प्रदर्शन गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार