असार २५, २०८२ बुधबार July 9, 2025

एमाले अध्यक्ष केपी ओली र बामदेव गौतमबीच अढाईघण्टा भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ।

ओलीलाई भेट्न गौतम बिहिबार बिहान १० बजे बालकोटस्थित ओली निवासमा पुगेका थिए ।

नेता बामदेवले वाम एकीकरण र चुनावी मोर्चा लगायतका विषयमा उहाँहरुबीच छलफल भएको नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले जानकारी दिए।

एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन्। उहाँहरुबीच करिब अढाईघण्टा भेटवार्ता भएको बताईएको छ ।

वामदेवले गत मंगलबार नयाँ राजनीतिक दल खोलेकाे घाेषणा गरेका थिए। गाैतमकाे पार्टीमा ७५ सदस्यीय केन्द्रीय समिति रहेकाे छ। नेकपा बिभाजन पछि निष्क्रिय रहेका गौतमको बालकोट यात्राले काङ्ग्रेस विरुद्ध मोर्चाबन्दी गर्दै आएका बाम गठबन्धन पक्षधरहरुले निकै चासोका साथ हेरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया