असार २६, २०८२ बिहिबार July 10, 2025

गच्छदारको मुद्दाविरुद्ध नेवि संघद्धारा काठमाडौँमा विरोध प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । आफ्नो पार्टीका उपसभापति बिजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा नेपाली कांग्रेसले सदनसँगै सडकमा पनि विरोध प्रदर्शन गरेको छ । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अगुवाईमा शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन भएको छ ।

माइतीघरमा भेला भएका कांग्रेस कार्यकर्ताहरुले सरकार विरोधी नाराबाजी गरेका छन् । उनीहरुले सत्तारुढ दलका नेताहरुलाई चोख्याएर कांग्रेसका नेतालाई छानीछानी मुद्दा चलाउने अख्तियारको निर्णय राजनीतिक प्रतिशोधपूर्ण भएको बताएका छन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेपछि आक्रोशित कांग्रेसले लगातार दोस्रो दिन संसद बैठक अवरुद्ध पारेको छ ।

गच्छदारलाई मुद्दा लगाइनु राजनीतिक प्रतिशोध भएकाले संसद र सडकबाट प्रतिवाद गर्ने कांग्रेसले निर्णय गरेको थियो । बिहान बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसका नेतालाई छानीछानी मुद्दा लगाउने अख्तियारको कदम प्रतिशोधपूर्ण भएको बताएका थिए ।

बैठकमा भ्रष्टाचार मुद्दा लागेका उपसभापति विजयकुमार गच्छदार पनि बोलेका थिए । उनले अख्तियारलाई ओली आयोग बनाइएको बताएका थिए ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ओली आयोगका रुपमा रुपान्तरण भएको छ । ओलीको इच्छा र निर्देशन अनुसार अख्तियारले काम गरिरहेको छ । त्यसको शिकार अहिले म भएँ भोलि अरु पनि पर्न सक्छन्’ बैठकमा गच्छदारले भनेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार