असार २४, २०८२ मंगलबार July 8, 2025

चिनियाँ राष्ट्रपति सी र हङकङका प्रमुख कार्यकारी लामबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति सी चिनफिङ र हङकङका कार्यकारी प्रमुख क्यारी लामबीच बिहीबार हङकङमा भेटवार्ता भएको छ । उक्त अवसरमा राष्ट्रपति सीले मुख्य कार्यकारीको रूपमा लामको पाँच वर्षे कार्यकालमा भए गरेका कामहरूलाई केन्द्रीय अधिकारीहरूले पूर्ण रूपमा स्वीकार गरेको बताउनुभयो ।

उहाँले केन्द्रीय सरकारको सहयोगमा प्रमुख कार्यकारीको रूपमा एक देश दुई प्रणालीको नीति र आधारभूत कानूनको दृढताका साथ पालना गर्नुभएको र पाँच वर्षयता उहाँको कार्यप्रति केन्द्र सरकार सन्तुष्ट रहेको बताउनुभयो ।

भेटमा क्यारी ल्यामले हङकङमा महामारी अझै देखिएको बेलामा हङकङको भ्रमण गर्नुभएकामा राष्ट्राध्यक्ष सी चिनफिङप्रति हार्दिक आभार ज्ञापन गर्नुभएको थियो । राष्ट्राध्यक्ष सीको हङकङ निरीक्षण भ्रमण मातृभूमिलाई बलियो र समृद्धि बनाउने र उहाँको हङकङ निरीक्षण भ्रमण पूर्णरूपमा सफल हुने विश्वास आफूले लिएको पनि उहाँले बताउनुभयो ।

सी हङकङ चीनलाई हस्तान्तरण भएको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन हङकङ पुग्नुभएको हो ।

“लामले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा, हङकङको समृद्धि र स्थिरता कायम गर्न, ‘हङकङको प्रशासन गर्ने देशभक्तहरू’ को सिद्धान्तलाई कार्यान्वयन गर्न र हङकङमा सुव्यवस्था कायम गर्न कठिन प्रयास र महत्वपूर्ण योगदान गर्नुभएको छ,” सीले भन्नुभयो ।

बिहीबार दिउँसो नै सीले हङकङ विशेष प्रशासनिक क्षेत्रका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुखहरू, हङकङका विभिन्न क्षेत्रका प्रतिनिधिहरू, हङकङका अनुशासित सेवकहरु, हङकङमा तैनाथ केन्द्रीय एकाइ र प्रमुख चिनियाँ अनुदान संस्थाका प्रमुखहरूसँग भेट गर्नुभएको थियो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया