काठमाण्डौंः पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको शेरानी जिल्लामा आइतबार एक यात्रुबाहक बस खाल्डोमा खस्दा कम्तीमा १९ यात्रुको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सो घटना उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सिमानामा रहेको जिल्लाको दानासार क्षेत्र नजिकै भएको हो ।
तीव्र गति र वर्षाका कारण चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो । उक्त दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ ।
केही घाइतेको अवस्था गम्भीर भएकाले थप मृत्यु हुने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ ।
देशको राजधानी इस्लामाबादबाट बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटा जाँदै गरेको बसमा ३० भन्दा बढी यात्रु सवार थिए । रासस/सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया