असार २४, २०८२ मंगलबार July 8, 2025

दक्षिण कोरियाली राष्ट्रपतिको अनुमोदन रेटिंग ४४.४ प्रतिशतमा झर्‍यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलको अनुमोदन रेटिङ हप्ताको तुलनामा २.२ प्रतिशत बिन्दुले गत हप्ता ४४.४ प्रतिशतमा झरेको सोमबारको साप्ताहिक सर्वेक्षणले देखाएको छ ।

स्थानीय पोलस्टर रियलमिटरका अनुसार युनको राज्य मामिलाको आचरणमा नकारात्मक मूल्याङ्कन २.५ प्रतिशत अङ्कले बढेर ५०.२ प्रतिशत पुगेको पनि देखाइएको छ।

सत्तारुढ कन्जरभेटिभ पिपल पावर पार्टीको समर्थन गत हप्तामा १.३ प्रतिशत बिन्दुले घटेर ४३.५ प्रतिशतमा पुगेको छ। त्यसै गरी प्रमुख उदार विपक्षी डेमोक्रेटिक पार्टीको अनुमोदन रेटिङ ०.८ प्रतिशत अङ्कले बढेर ४०.३ प्रतिशत पुगेको देखाइएको छ ।

माइनर प्रोग्रेसिभ जस्टिस पार्टीले अघिल्लो हप्ताको तुलनामा ०.२ प्रतिशत अङ्कले गत हप्ता समर्थन स्कोरको ४.४ प्रतिशत प्राप्त गरेको थियो। गत सोमबारदेखि शुक्रबारसम्म दुई हजार ५१४ मतदाताको सर्वेक्षणमा आधारित भएर सो नतिजा आएको हो । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया