काठमाण्डौंः लाओसमा सन् २०२२ को पहिलो छ महिनामा ६,०४७ डेंगु ज्वरोका बिरामीहरू फेला पारेका छन् ।
भाइरसका कारण आठ जनाको मृत्यु भएको पनि लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रको सोमबारको प्रतिवेदनअनुसार लाओसको राजधानी भेन्टियानमा सबैभन्दा बढी ३ हजार १९३ जना डेंगुका बिरामी फेला परेका छन्।
लाओ स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई डेंगुको फैलावट रोक्न मद्दतको लागि उनीहरूको घर र कार्यस्थल वरपरको सम्भावित लामखुट्टे प्रजनन हुनसक्ने ठाउँहरू विशेष निगरानी राख्न अनुरोध गरेको छ । रासस/सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया