काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
कप्तान सन्दीपलाई एलपीएलको ड्राफ्टमा मंगलबार डम्बुलाले विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।
डम्बुलाले सन्दीपलाई ४० हजार डलरमा अनुबन्ध गरेको हो । लंका प्रिमियर लिग जुलाई ३१ बाट सुरु हुनेछ । प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
कुल २४ खेलहरु हुने तेस्रो संस्करणको प्रतियोगिता अगस्ट २१ सम्म चल्ने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया