काठमाण्डौंः नाइजेरियाको राजधानी शहर अबुजाको एउटा जेलमा पहिचान नखुलेको समूहले आक्रमण गरेको छ । आक्रमणबाट एक कैदीको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
जेलमा ९९४ कैदीहरू रहेका थिए । आक्रमणपछि कम्तीमा ३ सय कैदी भागेका छन् । आक्रमणकारीले अबुजाको दक्षिण पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको जेलमा आक्रमण गरेका थिए ।
उनीहरूले झण्डै ६ सय जना कैदीबन्दीलाई छुटाएको तर तीमध्ये आधाजसोलाई पुनः पक्राउ गरिएको आन्तरिक मामिला मन्त्रालयका सचिव शुइबु बेगोरलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
भागेकाहरुको खोजी भइरहेको छ । यो आक्रमण कट्टरपन्थी समूह बोको हरामका लडाकुले गरेको हुनसक्ने आशङ्का गरिएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया