श्रावण ६, २०८२ मंगलबार July 22, 2025

लघु चलचित्रको प्रतिस्पर्धा गर्दै नेपाल नेटवर्क टेलिभिजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दर्शकलाई मनोरञ्जनका साथै नयाँ चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले लघु चलचित्र प्रतिस्पर्धा गरिने भएको छ । नेपाल नेटवर्क टेलिभिजनले आयोजना लागेको कार्यक्रमको नाम ‘एनएनटिभी सर्टस् : मेरो कथा, मेरो सिनेमा’ राखिएको छ ।

अभिनेता सुनिल थापा, निर्देशक दीपेन्द्र के. खनाल र अभिनेत्री पूजा शर्मा निर्णायक रहने प्रतिस्पर्धामा आयोजक नेपाल नेटवर्क टेलिभिजनले कार्यक्रमको घोषणासँगै स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासार)सहित आवेदन आह्वान गरेको हो ।

प्रतिस्पर्धामा सहभागिताको लागि लघुचलचित्र निर्माण गर्न चाहाने व्यक्ति वा समूहले आफ्नो स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासा) अनलाइन http://www.nntvshorts.com मार्फत वा कार्यालयमा उपस्थित भएर आवेदन दिन सक्नेछन् ।

लघुचलचित्रको समय १२ देखि २४ मिनेटसम्म हुनुपर्ने आयोजकले जनाएको छ । साउन २० गतेसम्म स्क्रिप्ट दर्ताको समय राखिएको र साउन २५ गते स्क्रिप्ट छनौट तथा निर्माण घोषणा गरिने आयोजकको भनाइ छ ।

टेलिभिजनका सिइओ दिनेश डिसीको संचालनमा चलेको घोषणा कार्यक्रममा टेलिभिजनका एमडी श्याम धिताल, अभिनेता सन्तोष पन्त, कलाकार कृष्ण मल्ल, जीतु नेपाल, विजय लामा, छायाँकार गौरीशंकर धूजु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार