कार्तिक ११, २०८३ बुधबार October 28, 2026

भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै

कंगना र माधवनले नयाँ प्रोजेक्टका लागि हात मिलाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बइ, ३  साउन ।  फ्यानहरूले कंगना रनौतसँग आर माधवनको जोडीलाई निकै मन पराउँछन्। दुवैले दुईवटा फिल्ममा सँगै काम गरेका थिए र दुवै तस्विर हिट साबित भएका थिए । एउटा तनु वेड्स मनु (२०११) र अर्को तनु वेड्स मनु (२०१५) को सिक्वेल हो।

दुवै फिल्ममा कंगना र माधवनको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । अब १० वर्षपछि यो जोडी फेरि ठूलो पर्दामा फर्किने भएको छ । कंगना र माधवनले नयाँ प्रोजेक्टका लागि हात मिलाएका छन् ।

प्राप्त जानकारी अनुसार कंगना रनौत र आर माधवन मनोवैज्ञानिक थ्रिलर फिल्म सर्कलमा सँगै देखिनेछन् । दुबैको फर्किएपछि फ्यानहरु निकै उत्साहित छन् । डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार, आगामी फिल्म सर्कल एक प्यान इन्डिया फिल्म हो, जसको सुटिङ हिन्दी, तमिल र तेलुगुमा एकैसाथ हुनेछ । करिब एक वर्षदेखि निर्माण भइरहेको यसको छायांकन अन्तिम चरणमा पुगेको छ ।

रिपोर्टका अनुसार कंगना-माधवनको फिल्मको अन्तिम दृश्य तेलंगानाको हैदरावादको जुबली हिल्सको क्लब इल्युजनमा खिचिएको थियो। यो मनोवैज्ञानिक थ्रिलर भारतका विभिन्न स्थानहरु जस्तै उटी, जयपुर, चेन्नई र हैदरावादमा छायांकन गरिएको छ । यो फिल्म टिडेन्ट आर्टका रवीन्द्रनले निर्माण गर्दैछन्, जसले शीर्षक पुष्टि गरे र कंगना रनौतको कामको पनि प्रशंसा गरे।

यो चलचित्र दर्शकले यस विधामा पहिले देखेका चलचित्र भन्दा फरक रहेको पनि निर्माताले बताए । रिपोर्टमा विश्वास गर्ने हो भने फिल्म सर्कल आफ्नो किसिमको पहिलो साइकोलोजिकल थ्रिलर रहेको बताइएको छ । जसका कारण फ्यानमा पात्र र कथालाई लिएर उत्साह बढ्दै गएको छ । कंगना रनौत र आर माधवन दुवै आफ्नो दमदार अभिनयका लागि परिचित छन्, त्यसैले फ्यानहरू यो फिल्मको रिलिजको लागि उत्सुक छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार