असार ३०, २०८२ सोमबार July 14, 2025

नवौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ : खेलकुदमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुने बताउनुभएको छ ।

नवौँ राष्ट्रिय खेलकुदको मूल आयोजक कमिटी बैठकमा उहाँले यसअघि कोभिड–१९, विद्यार्थीको परीक्षा, सार्वजनिक खरिद एनेलगायत विभिन्न समस्याले तोकिएको समयमा हुन नसकेको भन्दै यसपटक भने तोकिएकै समयमा प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खुसी प्रदान गर्ने बताउनुभयो ।

उहाँले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छिटोभन्दा छिटो खेलाडीको छनोट गर्ने र केही कमी रहेका खेल पूर्वधारको व्यवस्थापनका लागि गृहकार्य गर्ने बताउनुभयो । यसअघि उक्त प्रतियोगिता गत जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुने तालिका थियो ।

त्यस्तै खेलकुदमन्त्री गहतराजको अध्यक्षतामा आज बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङको संयोजकत्वमा उक्त प्रतियोगिताको लागि कार्यकारी समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले उक्त प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ वटा टोलीको सहभागिता गराउने र विभिन्न ३६ वटा विधामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने, १४ वटा उपसमिति गठन गर्ने, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागुहुने गरी मुख्य ट्रफि निर्माण गरिने र उक्त ट्रफिलाई विभागीय टोलीसँगै सात वटै प्रदेशमा टुरमा लैजाने निर्णाय गरेको छ । बैठकले उक्त प्रतियोगिताको लागि रु ६० करोड बजेट स्वीकृत गर्ने निर्णय गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार