मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

ललितपुर महानगरपालिका प्रमुख महर्जनलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ।

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनका अनुसार नगर प्रमुख महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो। उहाँ अहिले घरमै स्वास्थ्य लाभ गरिरहनुभएको प्रवक्ता महर्जनले जानकारी दिनुभएको छ। महर्जनको स्वास्थ्य अवस्था सामान्य छ।

ललितपुर महानगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया