असार ३०, २०८२ सोमबार July 14, 2025

१०औं एनएसए पौडी आइतबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल पौडी संघको बार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगिता आइतबार हुने भएको छ । प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरी २२१ खेलाडीको सहभागिता रहने संघले जनाएको छ ।

प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्ने उद्देश्यले जुनियर विधाका १० बर्ष, १२ बर्ष, १४ बर्ष र १७ बर्ष मुनिका प्रत्येक विधाका एक महिला र एक पुरुष खेलाडीलाई उमेर समूहको उत्कृष्ट खेलाडी घोषित गरिनुका साथै ट्रफीले सम्मान गरिने संघले जनाएको छ ।

मित्र राष्ट्र चीनमा आयोजना हुने १९औं एशियन प्रतियोगिताका लागि खेलाडी समेत रहेको यस प्रतियोगिताबाट खेलाडीले प्राप्त गरेको उच्चतम फिना अंकका आधारमा चार पुरुष र चार महिला खेलाडी छनोट गरिने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिनुभयो ।

यस प्रतियोगिताका अवसरमा नेपालमा दुई बर्षअघि सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा सर्वाधिक पदक जित्दै इतिहास रच्न सफल गौरिका सिंह लगायत अन्य खेलाडी र पदकधारीलाई नगद पुरस्कार सहित सम्मान गरिने संघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार