वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

काठमाडौंमा भोलिदेखि राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंमा आइतबारदेखि दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। २६ र २७ असारमा काठमाडौंको पशुपति क्षेत्रमा हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको  आयोजकले जनाएको छ ।

राप्रपा नेपाल आवद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

जगतगुरु १००८ स्वामी बालसन्त मोहनशरण देवाचार्यलगायत धार्मिक व्यत्विहरूबाट सम्मेलन उद्घाटन हुनेछ । उद्घाटन सत्रमा ॐ कार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैनलगायत सम्प्रदायका अगुवालगायत विभिन्न जिल्लाका धार्मिक प्रतिनिधि सहभागी हुनेछन् भने बन्द सत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा. जगमान गुरुङ, डा. चन्द्रकुमार शेर्मा, मोहन रुम्बा लामा, धार्मिक अध्येता डा. निर्मला पोखरेल, लेखक विनु पोखरेल, डा. विष्णु भण्डारीले विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनले नेपालमा बढीरहेको धर्मान्तरलाई रोक्ने र हिन्दुराष्ट्रको रुपमा पुनर्स्थापना गर्ने मार्गचित्र तयार गर्ने राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । आयोजक संस्था राष्ट्रिय सनातन धर्म संस्कृति महासंघका अध्यक्ष ज्योतिष पण्डित सुजन अधिकारीले सम्मेलनमा विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधि, विभिन्न जिल्लाका प्रतिनिधि, हिन्दुत्व अभियानमा जोडिएका धार्मिक अगुवाहरू, लेखक, बुद्धिजीवी, ॐ कार परिवारसँग आवद्ध व्यक्तित्वहरू सहभाही हुनेछन् ।

आयोजक समितिको शनिवार बिहान बसेको बैठकले पार्टी अध्यक्ष कमल थापालाई अन्तिम तयारी बारे जानकारी दिएको र थापाले व्यवस्थित र प्रभावकारी रुपमा कार्यक्रम सम्पन्न गर्न निर्देशन दिएको ज्योतिष सुनज अधिकारीले बताए । बैठकमा धार्मिक संगठनसँगै  पार्टीका पदाधिकारीहरूको समेत उपस्थिति थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ
२०८१ वैशाख २८, शुक्रबार
आठौँ सातामा ‘महाजात्रा’ : शनिवार ५१ औँ दिन मनाउँदै
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन
२०८१ वैशाख २८, शुक्रबार
अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ
२०८१ वैशाख २८, शुक्रबार
वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले (पत्रसहित)
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो
२०८१ वैशाख २८, शुक्रबार