कार्तिक २३, २०८३ सोमबार November 9, 2026

दुर्व्यवहारको आरोप लागेपछि राममणि क्याम्पसका शिक्षक निलम्बित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित राममणि बहुमुखी क्याम्पसका विज्ञान तथा प्रविधि सङ्कायमा अध्यापन गराउने शिक्षकलाई निलम्बन गरिएको छ । छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेपछि शिक्षक केशव ढुङ्गानालाई निलम्बन गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।

असार २७ मा कक्षा १२ मा अध्ययनरत छात्रालाई स्वास्थ्यमा समस्या आएपछि डेरामा छाड्न जाँदा ढुङ्गानाले शारीरिक दुर्व्यवहार गरेको आरोप छ । आफूलाई विज्ञान शिक्षक ढुङ्गानाले दुर्व्यवहार गरेको पीडित छात्राले आरोप लगाएकी हुन् ।

घटना छानबिन गर्न क्याम्पस प्रशासनले विज्ञान तथा प्रविधि सङ्कायका संयोजक अरुण कुमार केवटको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ । दुर्व्यवहार गरेपछि आफूले शिक्षकलाई थप्पड हानेको र सो कलेजमा पढ्दिन भनेर पीडित छात्राले एक जना अगुवा विद्यार्थीलाई गरेको मेसेज गरेकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया