असार ३०, २०८२ सोमबार July 14, 2025

१२ औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद काठमाडौँमा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः १२ औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मङ्गलवारदेखि काठमाडौँमा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सञ्चालित प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्नुहुँदै विद्यालय स्तरीय प्रतियोगिताबाटै खेलाडी उत्पादन गरेर भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न प्रतियोगिता महत्त्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले विद्यालय स्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताउनुभयो ।

दशरथ रङ्गशालामा भएको प्रतियोगिताको उद्घाटन अवसरमा सहभागी पाँच वटा प्रदेशका खेलाडीले मार्च पास गरेका थिए । ओलम्पियन जुडोकी सोनिया भट्टले दशरथ रङ्गशालाको ट्र्याकमा ओलम्पिक टर्च परिक्रमा गर्नुभएको थियो । राष्ट्रपति रनिङ सिल्ड खेलकुदको उद्घाटन अवसरमा ओलम्पिक टर्च परिक्रमा गराइएको यो पहिलो पटक हो ।

निर्णायकको तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीको तर्फबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले शपथ लिनुभएको थियो । प्रतियोगितामा विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेश प्रदेशको सहभागिता रहेको छैन । बिहीबारसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराँते र उसुमा गरी पाँच सय खेलाडी सहभागी छन् ।

एथलेटिक्समा २६, कराँतेमा ८, तेक्वान्दो र उसुमा ६–६, भलिबल र कबड्डीमा २–२ गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कूल पुरस्कार राशि ९ लाख ४५ हजार रुपियाँ रहेको राखेपले जनाएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता प्रदेश संरचनामा आयोजना भएको यो तेस्रो पटक हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार