कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.६८ अङ्कले उकालो लागेर एक हजार ९२७.२८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०९ अङ्कले उकालो लागेर ३६८.९५ मा पुगेको छ ।

कूल २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर रु एक अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ बराबर मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ४८ अर्ब ८० करोड ३६ लाख ५० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ । बैंकिङ ४.४४, व्यापार २६.०९, होटल तथा पर्यटन ४१.३८, विकास बैंक २६.३५, जलविद्युत् ३०.१५, वित्त २०.१४, निर्जीवन बीमा ७४.४७, उत्पादन ६५.८९, अन्य ३.०७, लघुवित्त १६.०९, जीवन बीमा ११.१३, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.५७ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ९५ लाख ८० हजार बराबरको कारोबार भयो । गुर्खाज फाइनान्स रु सात करोड ६० लाख ४० हजार ४९५, शिवम् सिमेन्ट रु सात करोड ४० लाख १७ हजार ५३५, युनाइटेड इदी मर्दी आरबी आइड्रोपावर रु पाँच करोड ९३ लाख ६४ हजार ६८६ र हिमालयन डिस्टिलरी रु पाँच करोड १३ लाख ६७ हजार ५८३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक ९.३५, एनआरएन इन्फास्ट्रक्चर ८.२२, युनाइटेड इन्स्योरेन्स ६.९६, सनराइज फस्ट म्चुअल फण्ड ६.२७ र अरुण काबेली पावरका लगानीकर्ताले ५.८५ प्रतिशतले कमाए । त्यस्तै,नयाँ सारथी लघुवित्त ४.६५, आरबीबी म्युचुअल फण्ड ३.५७, नबिल इक्विटी फण्ड ३.३९, प्रभु लाइफ इन्स्योरेन्स ३.२० र मानुषी लघुवित्तका लगानीकर्ताले २.९५ प्रतिशतले गुमाए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार