कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख ८३ हजार ४७ जना भाग्यमानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ: हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले असार १५ गतेदेखि १९ गतेसम्म जारी गरेको १९ करोड ६८ लाख २५ हजार कित्ता सेयर आज मंगलबार बाँडफाँड भएको हो।

गोलाप्रथामार्फत भएको बाँडफाँडमा १ लाख ८३ हजार ४७ जनाले कम्पनीको सेयर हात पारेका छन् भने, बाँकी १५ लाख ७७ हजार २०७ जना आवेदकहरुको हात खाली हुन पुगेको छ। कम्पनीले जारी गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएका थिए ।

जसमध्ये १ हजार ७५८ जनाको आवेदन रद्द भएको थियो भने योग्य आवेदकहरु मध्येबाट गोला प्रथा गर्दा १ लाख ८३ हजार ४७ जनाले प्रतिव्यक्ति १०-१० कित्ताका दरले कम्पनीको सेयर पाएका हुन् । जसमध्ये २ जना आवेदकले भने ११-११ कित्ता सेयर पाएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

कम्पनीले असार १५ गतेबाट १९ गतेसम्म कुल १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताका सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार