असार ३०, २०८२ सोमबार July 14, 2025

घरेलु टोली इंग्ल्यान्ड भारतसँग १० विकेटले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भ्रमणकारी टोली भारतले घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा १० विकेटको जित निकालेको छ । योसँगै तीन खेलको शृंखलामा भारत १(० ले अघि रहेको छ ।

मंगलबार राति लण्डनको ओवलमा इंग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा  बिना विकेटको क्षतिमा पूरा गरेको हो ।

भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक  ७६ रन बनाए । यस्तै, अर्का ओपनर शिखर धवन ३१ रनको योगदान गरे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११० रन बनायो ।

इंग्ल्यान्डका कप्तान जोस बट्लरले सर्वाधिक ३० बनाए । यस्तै, डेभिड विलिले २, ब्रेडन कार्सेले १५ तथा  मोइन अलि १४ रनको योगदान गरे ।

जस्प्रित बुमराहले चिम्किएपछी इंग्ल्यान्डलाई सस्तैमा समेटिएको थियो । उनले एक्लै ६ विकेट लिए । यस्तै, मोहमद शामीले ३ तथा प्रसिद्ध कृष्णले १ विकेट लिए ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार