असार २९, २०८२ आइतबार July 13, 2025

सामुदायिक विद्यालयमा आजदेखि एक महिना बिदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा आजदेखि एक महिना बिदा दिइएको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्दै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आजदेखि साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी दिएका छन् ।

विद्यालयमा एक शैक्षिक सत्रमा हिउँदे बिदा र वर्षे बिदा दुवै गरी ४५ दिन पठन–पाठन बन्द रहने व्यवस्था भएअनुसार उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा पालिकाको शैक्षिक क्यालेन्डरबमोजिम वर्षे बिदा दिइएको प्रमुख यादवले बताए।

विद्यालयमा पठनपाठन बन्द हुँदा पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखा सानोठिमी भक्तपुरको पत्रअनुसार सबै विद्यालयका प्रधानाध्यापकलाई वर्षे बिदाभरि उपमहानगरपालिकाको सम्पर्कमा रहन भनिएको प्रमुख यादवद्वारा जारी सूचनामा उल्लेख छ ।

यस्तै विद्यालयका पूर्वनिर्धारित कार्यक्रम कक्षा ११ र १२ मा भर्ना तथा प्राविधिक शिक्षासम्बन्धी गतिविधिलगायतका कार्यक्रम यथावत् सञ्चालन रहने जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया