वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

मिथिलामा गुरु पूर्णिमा मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः हिन्दू परम्पराका अनुयायी मैथिल (मिथिलाका बासिन्दा) आज गुरु पूर्णिमा मनाउँँदैछन्। हाल मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा गुरुप्रति विशेष श्रद्धाभावले यो पर्व मनाइँदैछ।

असार पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाउने हिन्दू परम्परा छ। यस पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्रआभूषण फेराउने र मिष्ठान्न भोजन गराउने मैथिल परम्परा छ।

पर्वविशेषले मिथिलाक्षेत्रमा आज बजारमा चहलपहल ह्वात्तै बढेको छ। गुरुका लागि वस्त्र, मिष्ठान्न परिकार र फलफूल किन्नेको बजारमा भीड छ । धार्मिक मठमा प्रवचन र गुरुपूजासहितका कार्यक्रम आयोजन गरिएका छन्।

संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको हुँदा पूर्वीय परम्परामा यस पर्वको महत्त्व निकै रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल बताउँछन्।

अज्ञानतारूपी अन्धकारको नाश गरी जीवनमा ज्ञानको ज्योति दिने, फैलाउने व्यक्तिलाई नै ‘गुरु’ भनिन्छ। यस्ता गुरुलाई पूर्वीय दर्शन र शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरसहितका त्रिदेवका रूपमा मानेको मटिहानीकै याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका भाषा साहित्यका सहपप्राध्यापक ध्रुव राय बताउँछन्।

‘गुरुबह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परबह्म तस्मै श्रीगुरवे नमः।।’

विभिन्न शास्त्रमा गुरुलाई त्रिदेव मानिएको यो प्रसङ्ग पनि सहप्राध्यापक रायले स्मरण गरे। पूर्वीय दर्शन परम्पराका स्थापित धर्मग्रन्थ वेद, पुराण, उपनिषद, रामायण र महाभारतसहित महाकाव्यका रचयिता महामुनि कृष्ण द्वैपायन (वेदव्यास) को जन्म दिन असार पूर्णिमा नै मानिएको हुँदा उहाँप्रतिको सम्मानभावबाट नै हिन्दू परम्परामा यो पर्वको परम्परा बसेको रायको भनाइ छ।

माता-पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ भनिने हिन्दू वैदिक परम्परा छ। पर्वले गुरुप्रति अहोेभाव (कृतज्ञता) ब्यक्त गर्न सिकाएको छ।

श्रेष्ठजनको सम्मान गर्ने शिष्टता र नैतिक आचरण एवं कृतज्ञताभाव बढाउने हुँदा पर्वले सामाजिक, सांस्कृतिक र पारम्परिक दायित्व र यसको महत्त्व अझ उज्यालो बनाउने बर्दिवास जनता बहुमुखी क्याम्पसका प्रचार्य तोपबहादुर ठकुरीको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउदै
२०८१ वैशाख २८, शुक्रबार
बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ
२०८१ वैशाख २८, शुक्रबार
कोशी प्रदेशको बजेट अधिवेशन बैशाख ३१ गते आव्हान गर्न सिफारिस
२०८१ वैशाख २८, शुक्रबार
कर्णालीका मुख्यमन्त्री र मन्त्रीबीच विवाद हुदा ५७४ टुक्रे योजना अलपत्र
२०८१ वैशाख २८, शुक्रबार
अभिभावक बन्दै जस्टिन र हेली
२०८१ वैशाख २८, शुक्रबार
निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८१ वैशाख २८, शुक्रबार
लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटियो- काँग्रेस
२०८१ वैशाख २८, शुक्रबार