असार २१, २०८२ शनिबार July 5, 2025

माग पुरा गर्नुपर्ने भन्दै सेनाद्धारा संसद कब्जा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मध्यअमेरिकी देश एल साल्भाडोरका सेनाले संसद भवन कब्जा गरेका छन्। आफ्नो माग पुरा गर्नुपर्ने भन्दै हतियारसहित सेना संसदमा छिरेको बीबीसीले जनाएको छ।

अधिकारीहरुका अनुसार सेनाले आफूलाई राम्रो हतियारको व्यवस्था गर्नुपर्ने भन्दै १०९ मिलियन अमेरिकी डलरको ऋण विधेयक पारित गर्नुपर्ने माग गरेका छन्।

राष्ट्रपति नायिक बुकेलीले संसदमा सम्बोधन गर्ने क्रममा ठूलो संख्यामा सेनाहरु संसद पसेको जनाइएको छ।

सांसदहरुले यतिबेला सेनाको यस कार्यको विरोध गरेका छन्।

एल साल्भाडोरमा अपराध जन्य घटनाहरु दोहोरिरहन्छन्। सेना र प्रहरीभन्दा अराजक समूहको हतियार अत्याधुनिक हुने गरेको सेनाको भनाइ छ।

उनीहरुको सामना गर्न सेनाले राम्रो हतियारको माग गर्दै आएको छ। उक्त ऋण विधेयक पारित भए सेना र प्रहरीले राम्रा हतियार पाउनेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया